बीमा रकम असुल्ने योजना विफल, आगो लगाएका पवन र सुजन जेल चलान
पाेखरा | भदौ १५, २०८१
पोखरा महानगरपालिका ६ लेकसाइडस्थित आफ्नै पसलमा आगो लगाएका २ जना कारागार चलान भएका छन् ।
कास्की प्रहरीका अनुसार बीमा रकम दाबीका गर्न आफ्नै पसलमा आगजनी गरेको आरोप लागेका पोखरा महानगरपालिका–१७ का ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई पूर्पक्षका लागि जेल चलान भएका हुन् ।
उनीहरुलाई जिल्ला अदालत कास्कीको आदेशानुसार शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।
उनका अनुसार ति दुई जनाले साउन १६ गते बिहान नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए ।
पछि अनुसन्धानको क्रममा उनीहरूले नै बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएको थियो ।
अनुसन्धानका क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स न्यूरोड शाखामा पसल सञ्चालकले २ करोड १० लाख बराबरको बीमा गरेको खुलेको थियो ।
काठमाडौं: निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिक...
पोखरा: २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा स्पेसल अवार्डबाट सम्मानित तुल्सी कुमार गुरूङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई क्लबलाई प्रदान गरेका छन् । हङकङलाई कर्मथलो बनाउँदै आएका नेपालका ...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्...

